एक लाख घुससहित नापी कार्यालयका दुईजना कर्मचारी पक्राउ
मकवानपुर । नापी कार्यालय चाबहिलका दुईजना कर्मचारी एक लाख घुससहित लगनखेलबाट पक्राउ परेका छन् ।
नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो । अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए ।
घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।










