करेन्ट लागेर एक जनाको मृत्यु

हेटौडा न्युज
२७ चैत्र २०७८, आईतवार १३:१६
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१३ पदमपोखरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान हेटौंडा– १३ पदमपोखरी स्थित संचालित एक वर्कशपमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने अन्दाजी ३०÷३५ बर्षका सहदेव गोले रहेको जनाइएको छ ।

वर्कशप संचालक समेत रहेका गोलेलाई मोटरसाटईकल धुने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*