विमानस्थलबाट २ सय ९९ दशमलव ८८ ग्राम सुनसहित तीनजना पक्राउ

हेटौडा न्युज
२८ चैत्र २०७८, सोमबार १६:२०
;

मकवानपुर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ सय ९९ दशमलव ८८ ग्राम सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

एयर अरेबियाको विमानमा सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका–६का २७ वर्षीय पेम्मा थोक्रा र नौगुण्ड गाउँपालिका–६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९ दशमलव ९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९ दशमलव ९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपाइन्टबाट ९९ दशमलव ९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*