देशको अर्थतन्त्र सङ्कटको अवस्थामा छैन: अर्थमन्त्री शर्मा

हेटौडा न्युज
२८ चैत्र २०७८, सोमबार १७:३७
;

मकवानपुर । देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो सङ्कटको अवस्थामा नरहेको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘अर्थतन्त्रमा सङ्कट आएको भन्ने गलत हो । देशमा के के न हुुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ । तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन ।’

उनले अर्थतन्त्रका विभिन्न आँकडाहरू प्रस्तुत गर्दै आफूहरू सतर्क रहेको बताए । उनले जनता र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*