सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय

हेटौडा न्युज
३० चैत्र २०७८, बुधबार १५:३०
;

मकवानपुर । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*