प्रशासकिय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हेटौडा न्युज
३० चैत्र २०७८, बुधबार १९:०६
;

मकवानपुर । कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकिय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*