स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । स्कार्पियो जीप दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जङ्गलमा बा १९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा सवारी दुर्घटना भएको थियो । सिमराबाट हेटौंडा जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भइ सडकको बायाँतर्फ पल्टिएको थियो ।










