तोकिएकै समयमै निर्वाचन सम्पन्न हुन्छ: निर्वाचन आयुक्त भण्डारी

हेटौडा न्युज
३ बैशाख २०७९, शनिबार १३:१४
;

मकवानपुर । नजिकिदै गरेको स्थानीय तह निर्वाचनको सन्दर्भमा मिडिया अभिमुखिकरण कार्यक्रम आज हेटौंडामा भएको छ ।

निर्वाचन आयोगको कार्यालयले शनिबार हेटौंडामा नजिकिदै गरेको स्थानीय तह निर्वाचनको सन्दर्भमा मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै बैशाख निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताउदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखिकरण दिइसकेको आयुक्त भण्डारीले बताए । निर्वाचन नहुने, निर्वाचन सर्ने भन्ने भ्रामक समाचारलाई वेवास्ता गर्न अनुरोध गर्दै उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकोले कुनैपनि हालतमा निर्वाचन हुने कुरामा प्रष्ट पारे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*