प्रधानमन्त्री देउवा आज सुर्खेत जादैँ

हेटौडा न्युज
६ बैशाख २०७९, मंगलवार १०:२५
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत जाने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत जान लागेका हुन् ।

एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी सङ्कायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित गरिने भएको हो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बिहान १० बजे विश्वविद्यालयको सिनेट बस्ने भएको छ ।

सिनेटमा दीक्षान्त समारोहबारे निर्णय गरिने छ भने ११ बजे देखि सहकुलपति शिक्षा मन्त्री देवेन्द्र पौडेल, नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी लगायतको उपस्थितिमा ती विद्यार्थीलाई दीक्षित गरिने भएको हो । दीक्षित हुने विद्यार्थीमा एकजनाले विद्यावारिधि गरेका पनि छन् । एमयूबाट पूर्णमान श्रेष्ठ पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएको भन्दै विश्वविद्यालयले उनलाई दीक्षित गर्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*