मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

हेटौडा न्युज
१० बैशाख २०७९, शनिबार १६:४४
;

मकवानपुर । सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*