तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड–२०७९ सम्पन्न

हेटौडा न्युज
११ बैशाख २०७९, आईतवार ०७:५१
;

मकवानपुर । तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड–२०७९ सम्पन्न भएको छ ।

शनिबार हेटौंडामा अवार्ड वितरणको कार्यक्रमको आयोजन गर्दै १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको विशिष्ट आतिथ्यतामा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अवार्ड विभिन्न १३ वटा विधामा १३ जना पत्रकारहरुलाई प्रदान गरिएको थियो । अवार्ड न्यु मिडिया एकेडेमी प्रालिले आयोजना गरेको हो । अवार्डसँगै पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो उत्कृष्ट पत्रकार वर्ष अवार्डलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रालिले २०७५ सालबाट दिदै आएको अवार्ड कोरोनाको कारण दुई वर्ष पछि यस वर्ष प्रदान गरेको हो । एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो भने दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो ।

अवार्ड प्राप्तगर्ने पत्रकारहरुको सूचीसहित हेर्नुहोस्

तेस्रो र चौथो जर्नालिजम अवार्ड —२०७९ प्राप्त गर्ने पत्रकारहरू
उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ पुरुष तर्फ ग्यालेक्सी टिभिका देवराज पन्त
उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ महिला तर्फ सृजना नेपाल
उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट प्रदेश दैनिक पत्रिकाका गणेश दर्पण अधिकारी
आर्थिक पत्रकारिता बर्ष अवार्ड—२०७९ बाट नयाँ पत्रिकाका सुदिप शिवाकोटी
उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७९ मा अनलाइन खबरका अमृत चिमरीया
उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७९ बाट मनहरी एफएमका शिवकुमार रिजाल काशी
उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट रातोपाटी डटकमका गणेश दुलाल
उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ पुरुष तर्फ खबरब्रेकका सुमन दाहाल
उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ महिला तर्फ पहिलो पोस्ट अनलाइनकी निसा गुरुङ
उत्कृष्ट क्रियाशील पत्रकारिता वर्ष अवार्ड —२०७९बाट प्रष्ट खबर डटकम वरिष्ठ संवाददाता सुनिल शिवाकोटी
उत्कृष्ट कला पत्रकारीता अवार्ड —२०७९ बाट टिम टेलिभिजनका कपिल खड्का
उत्कृष्ट रेडियो पत्रकारीता अवार्ड —२०७९ बाट रेडियो मकवानपुरकी सम्झना रिजाल
उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड—२०७९ बाट कान्तिपुर टिभिका बालकृष्ण अधिकारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*