विमानस्थलमा सुन तस्करी, कर्मचारी सहित ५ जना पक्राउ
मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी, कर्मचारी सहित ५ जना पक्राउ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो । पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् ।
तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् । एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका थिए ।










