लागूऔषध सेवन गरेर सवारी चलाउनेको ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण

हेटौडा न्युज
१६ बैशाख २०७९, शुक्रबार १५:१६
;

मकवानपुर । लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरुको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सेवन परीक्षण शुरु गरेको छ ।

आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरुको पहिचान गर्न उनीहरुको पिशाबको माध्यमबाट परीक्षण शुरु गरेको छ । ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले शुक्रबारबाट चालकहरुमा ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको बताए ।

उनले ठूला, साना सबै सवारी साधनका चालकहरुलाई परीक्षण गर्ने बताएका छन् । मकवानपुरमा पछिल्लो समय लागूऔषध प्रयोग गरेर सवारी चलाएको गुनासो प्रप्त भएपछि प्रहरीले ड्रग डिटेक्ट किट मार्फत लागूऔषध प्रयोग गरे–नगरेको परीक्षण सुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*