यौन उत्पीडन विरुद्ध माइतीघरमा प्रदर्शन
मकवानपुर । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न दबाब दिदैं माइतीघरमा प्रदर्शन गरिएको छ ।
सयौंको सङ्ख्यामा उपस्थित युवा–युवतीले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउन पनि माग गरेका छन् । ८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि सदनमा समेत यो विषय उठेको छ ।










