बालिका बलात्कार गरेको अभियोगमा म्यादी प्रहरी पक्राउ

हेटौडा न्युज
७ जेष्ठ २०७९, शनिबार १५:३१
;

मकवानपुर । बालिका बलात्कार गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नम्बर–२ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो ।

उनले मंगलबार १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट पोख्रेल म्यादी प्रहरी बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*