बागमतीमा प्रि बजेट छलफल: सत्तारुढ दल सरकारको बचाउ गर्दे, प्रतिपक्षद्वारा विरोध

मकवानपुर । बागमती प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रि बजेट छलफल भएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक–२०७९को सिद्धान्त र प्राथमिकता माथि छलफल भएका हो ।
बैठकमा दलगत रूपमा सांसदहरूले विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै आफ्नो धारणा राखेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले सरकारले विगतका योजनाहरू काट्ने मात्र काम गरेको बताएका छन् । वर्तमान सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतको सरकारको भन्दा फरक नभएको उनीहरूको भनाई छ ।
यस्तै बैठकमा सत्तारुढ गठबन्धनका दलहरूको सरकारको बचाउ गर्दे सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताले जनताको विषयलाई समेट्न सफल भएको तर्क गरे ।