कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि

हेटौडा न्युज
१५ जेष्ठ २०७९, आईतवार १८:५२
;

मकवानपुर । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ ।

संघीय संसदको बैठकमा आर्थिक वर्षक ७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलबवृद्धिको घोषणा गरेका हुन् ।

बजेटमार्फत सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ । बढेको तलबमान साउन १ गतेबाट लागू हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*