मुस्ताङको मानापाथी हिमालको फेदमा भेटियो तारा एयरको विमान
मकवानपुर । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्त नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।










