बालेन्द्रको पहिलो निर्णय नगरकार्यपालिकाको बैठकको लाइभ प्रसारण

हेटौडा न्युज
१६ जेष्ठ २०७९, सोमबार १३:२५
;

मकवानपुर । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् । बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने उनको पहिलो निर्णय छ ।

आज बेलुका ४ बजे नगर कार्यपालिकाको वैठक बस्ने छ । बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*