सिआनले मनायो ७ औं जन्मोत्सव

हेटौडा न्युज
१७ जेष्ठ २०७९, मंगलवार २०:१९
;

मकवानपुर । हेटौंडा–९ स्थित सिआन पुर्नस्थापना केन्द्रले दीप प्रज्वलन गरेर ७ औ जन्मोत्सव मनाएको छ ।

मंगलबार पुर्नस्थापना केन्द्रले हेटौंडा–९ स्थित आफ्नै भवनमा जन्मोत्सव मनाएको हो । स्वर्गीय सिआन डिसिको सम्झनामा स्थापना भएको केन्द्रले हरे वर्ष डिसीको जन्मदिनलाई उत्सवको रुपमा मनाउँदै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै यो वर्ष पनि दीप प्रज्वलन गरेर जन्मोत्सव मनाएको केन्द्रका सञ्चालक सौजन डिसिले जानकारी दिए ।

पुर्नस्थापना केन्द्रका उपाध्यक्ष बिजेन्द्र अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक ध्रुवराज राउतको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*