चाँदीका तयारी गहनासहित एक भारतीय पक्राउ

हेटौडा न्युज
१८ जेष्ठ २०७९, बुधबार ११:४२
;

मकवानपुर । चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट उनलाई पक्राउ गरेको हो ।

चौधरीको साथबाट ४ लाख ३८ हजार ९ सय ५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*