भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता

हेटौडा न्युज
१८ जेष्ठ २०७९, बुधबार १२:०९
;

मकवानपुर । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९ सय ५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।

विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।–अनलाईनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*