भारतीय कारको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर । भारतीय नम्बरको कारको ठक्करबाट पूर्वी चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ छन् । बुधबार राति खैरहनी नगरपालिका वडा नम्बर–९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७–३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ सख्त घाइते भएका थिए ।
उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए । ठक्कर दिने कार र चालक विहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।










