५० किलो लागूऔषध गाँजासहित एक जना प्रकाउ

हेटौडा न्युज
२१ जेष्ठ २०७९, शनिबार ०७:१९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५० किलो ४ सयग्राम लागूऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरी जिल्ला औरही नगरपालिका वडा नम्बर–७ सोनामाई बस्ने बर्ष ३७ वर्षीय राजेश चौधरी रहेका छन् ।

बिहीवार साझँ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा – १ राप्तीरोडमा चेकजाँच गर्दा ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा फेला पारेको थियो । अटासहित चालक चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*