वर्षाका कारण हेटौंडाको विभिन्न स्थानहरु डुबानमा
मकवानपुर । आज दिउँसो भएको भारी वर्षाका कारण हेटौंडाको विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
हेटौंडा–१० स्थित बसपार्क,हङकङ बजार,हेटौंडा–५ को विभिन्न ठाउँहरु डुबानमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने जनाएको थियो ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार सो प्रणालीहरुको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको हो ।










