शौचालयमा लडेर एक जना महिलाको मृत्यु

हेटौडा न्युज
२९ जेष्ठ २०७९, आईतवार १२:२७
;

मकवानपुर । शौचालयमा लडेर गोकर्णेश्वर नगरपालिका एक जना महिलाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर–४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका–५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो । खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् ।

उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ । खड्काका आफन्त नआएकोले शव सोही अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*