लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ
मकवानपुर । प्रहरीले ५ ग्राम लागूऔषध खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ चाईनाक्वाटर बस्ने ३४ बर्षीय निराजन घिमिरे रहेका छन् । शुक्रबार साँझ हेटौडा – १५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा घिमिरेको साथबाट ५ ग्राम लागूऔषध खैरोहिरोईन फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।










