मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य आजदेखि पुनः सुरु
मकवानपुर । मेसिन बिग्रिएपछि रोकिएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सोमबार (आज)देखि पुनः सुरु हुने भएको छ ।
असार २ गते चट्याङ परेर राउटर सहित मेसिन विग्रिएपछि मकवानपुरमा ाष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य बन्द भएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै विवरण संकलन पुनः हुने जानकारी गराएको हो ।
असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य असार ६ गते सोमबार देखि पुनः संचालन गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।










