हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध
मकवानपुर । हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक लगातारको वर्षासँगै पहिरो गएपछि अवरुद्ध भएको छ ।
भीमफेदी–४ केराघारीमा पहिरो गएकाले वर्षासँगैको सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।
स्थानीय र प्रहरी मिलेर दुवै ठाउँको पहिरो पन्छाउने काम भइरहेको कार्कीले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारी र यात्रु अलपत्र परेका छन् ।










