महालक्ष्मी सहित्य पुस्स्कार श्रवण मुकारुङ्गलाई प्रदान गरीने

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी सहित्य पुरस्कारबाट यो वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरीने भएको छ ।
हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी सहित्य पुरस्कारबाट यो वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरीने जानकारी दिईएको हो । २०५६ सालदेखी स्थापना गरीएको उक्त पुरस्कारको राशि ५१ हजार रहेको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकाश बैंक लिमिटेडको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार घोषणा गर्दै आगामी असार २४ गते हेटौडामा एक कार्यक्रमको आयोजना गर्दै साहित्यकार मुकारुङ्गलाई प्रदान गरीने मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले बताए ।
यस्तै मातृभूमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्धारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट यो वर्ष मकवानपुरमा लामो समय देखी पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार राममणि दाहाललाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी ७ हजार ५ सय रहेको अध्यक्ष पोख्रेलले बताए । पत्रकार सम्मेलनमा महालक्ष्मी विकाश बैंकका हेटौडा शाखा प्रमुख शम्भु प्रसाद पराजुलीले बैंकको सामाजिक उत्तरदायित्व रुवरुप साहित्य कला संगीत तथा पत्रकारिता क्षेत्रका व्यक्तिहरुलाई हौसला प्रदान गर्न पुरस्कार प्रदान गरीदै आएको बताए ।