प्रजिअ पाण्डेलाई नारायणी संघको स्वागत
मकवानपुर । पुरानो नारायणी संघ (कम्पनी) द्वारा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । मकपानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भई आएका पाण्डेलाई संघले स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायीहरुको वर्तमान समस्याका बारेमा छलफल समेत भएको थियो ।
प्रमुख जिल्ला अधिकारीको हैसियतबाट गर्न सक्ने यातायात व्यवसायीको समस्यालाई समाधान गर्ने तर्फ अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको समग्र विकास तथा हेटौंडा बजारको पार्किङ्गको समस्या समाधान लगायतको विषयमा यातायात व्यवसायीसँग छलफल तथा सुझाव अनुसार अघि बढ्ने बताएका थिए ।
मकवानपुरमा आउने प्रमुख जिल्ला अधिकारीलाई विगतदेखि नै गरिने स्वागत तथा सम्मानको निरन्तरता अनुसार कार्यक्रम गरिएको बताईएको छ । स्वागत तथा सम्मान कार्यक्रममा महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायत संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।










