“स्वर्गिय अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति”सुमिना भोम्जनलाई
मकवानपुर । महालक्ष्मी विकास बैंक प्रदान गर्दे आएको स्वर्गिय अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति” अमर माविकी सुमिना भोम्जनलाई प्रदान गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले हेटौंडा–१ स्थित अमर माविमा कक्षा ८ मा अध्ययनरत सुमिना भोम्जनलाई प्रदान गरेको हो । अमर माविमा कक्षा ८ का जेहेन्दार विद्यार्थीहरु मध्येबाट छनोट भएकी सुमिना भोम्जनलाई छात्रबृत्ति वापतको रकम पचास हजार रुपैयाँ प्रदान गरिएको हो ।
महालक्ष्मी विकास बैंक हेटौंडाका शाखाका प्रबन्धक शम्भु पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।










