लागूऔषध सहित एक युवक पक्राउ

हेटौडा न्युज
२ श्रावण २०७९, सोमबार १७:१३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कमलडांडाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–४ बस्ने १९ वर्षीय सामसाद देवान रहेका छन् । हेटौंडाको फरेष्टीबाट पिप्लेतर्फ जादै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्बरको मोटरसाइकल सवार देवानलाई विभिन्न प्रकारका लागुऔषधसहित वडा प्रहरी कार्यालय सानोपोखरा, मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

देवानले भिरेको ब्यागबाट लागुऔषध नाईट्रोभेट १ सय ५० ट्याव्लेट, अलिकोन ८० क्याप सुल, कोडीवेल ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागुऔषध, मोटरसाइकल र देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*