सामुदायिक सेवा केन्द्र मकवानपुरद्वारा डीआईजी बज्राचार्यको स्वागत
मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यको स्वागत गरेको छ ।
आईतबार एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बज्राचार्यले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताईन् ।
लागू औषध दुर्ब्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा पनि प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने जानकारी दिइन् । यस्तै सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले प्रहरी नागरिक साझेदारीमा काम गर्ने बताए ।










