भैंसीले जन्मायो दुई टाउका भएको पाडो

हेटौडा न्युज
२४ श्रावण २०७९, मंगलवार १६:२२
;

जिल्लाका एक कृषकले पालेको भैंसीले मंगलबार दुईवटा टाउको भएको पाडो जन्माएको छ ।

बेनी नगरपालिका–५, डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको हो ।

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताए । भैंसीको अवस्था भने सामान्य छ ।

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या हुँदा यस्तो अवस्थामा आउने बताए ।

‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ’, रेग्मीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*