हेटौंडाका महिलाहरुलाई पशुपालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

हेटौडा न्युज
१६ फाल्गुन २०७९, मंगलवार १५:५२
;

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको हटियामा महिला कृषकहरुलाई पशुपालन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेजेरियो जर्मनी र कारीतास नेपालको आर्थिक सहयोगमा सृजनशील नेपालद्धारा हेटौंडा १६, १७ र १८ का महिला कृषकहरुलाई त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो ।

हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ । मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकारात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ । यस कारण स्थानीय स्तरमा उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कृषि पर्यावरणमा सुधार ल्याई किसानहरुको मल तथा बिषादिमा पहुँच पुर्याउन साथै किसानहरुलाई कृषि पर्यावरणीय खेतीतर्फ आकर्षित गर्नका निम्ति पशुपालनबाट मल र कृषकको आम्दानी बढाउने कार्यक्रमको उद्देश्य रहेको सृजनशील नेपालका अध्यक्ष शान्ता बरालले बताइन् ।

पशुपालन तर्फ कृषकहरुको समस्या र त्यसको समाधानका विषयमा पशु चिकित्सक बिश्वनाथ यादब र भिमसेन खड्काले तालिक प्रदान गरेका थिए । कार्यक्रममा हेटौंडा १६, १७ र १८ का १५ जना महिला कृषकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*