बागमतीमा आजबाट भ्रमणबर्ष शुरु

हेटौडा न्युज
१६ पुष २०८०, सोमबार १७:२३
;

मकवानपुर । बागमती प्रदेश सरकारले अङ्ग्रेजी नयाँ बर्षको अवसरमा आजबाट भ्रमणबर्ष–२०२४ को शुभारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय मन्त्री पुकार महर्जनले आज एक कार्यक्रमका बीच भ्रमणबर्ष २०२४ को शुभारम्भ गरेका छन् ।


भ्रमणबर्षमा धार्मिक, ऐतिहासिक, साँस्कृतिक क्षेत्रहरुको बारेमा प्रवद्र्धनात्मक कार्यक्रम गरी आन्त्रिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । केही बर्ष अघिको कोरोना माहामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन भ्रमण बर्षले सघाऊ पुग्ने मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालले बताएका छन् ।

नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेका छन् । गत अगस्टमा भारतबाट २६ हजार छ सय ६५ पर्यटक नेपाल भित्रिएका थिए भने, चीनबाट पाँच हजार २७ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*