खाग तस्कर पक्रन हेटौँडामा सेनाले चलायो गोली

हेटौडा न्युज
११ पुष २०८१, बिहीबार १४:३६
;

मकवानपुर/गैँडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले हेटौँडामा ५ राउन्ड गोली चलाएको छ । बिहीबार मध्यान्ह हेटौँडा ५ र ८ को सिमा गर्देई पुलनजिकै सेनाको टोलीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटासहितको टोली तस्करलाई पछ्याउँदै हेटौँडा आइपुगेको थियो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पुरुषलाई आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयतर्फ लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*