मउवासंघ नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
मकवानपुर/मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले सोमबार शपथ ग्रहण गरेको छ । शनिबार भएको निर्वाचनबाट चुनिएको नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले शपथ ग्रहण गराएका हुन् ।
संघको ५८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट सहित २८ सदस्यीय कार्यसमिति चुनिएको थियो । कार्यसमितिमा ७ जना निर्विरोध हुँदै गर्दा २१ जना मतदानबाट चुनिएका थिए ।
सो अवसरमा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नवनिर्वाचित अध्यक्ष रानाभाटलाई टिका र माला लगाएर पदभार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल सहित संघका पूर्वअध्यक्षहरु अरुणराज सुमार्गी, जीवन काजी माकजु, केशव श्रेष्ठ, हिटलर विषेत, माधव रिसाल, उत्तम शर्मा ढकाल साथै अध्यक्ष पदका प्रत्यासी अनिल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।











