उद्योग वाणिज्य महासंघको सञ्चार परामर्शदातामा भुसाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रुपमा पत्रकार तथा उपप्राध्यापक टी.पी. भुसाल नियुक्त भएका छन् । अढाई दशकदेखि पत्रकारिता, प्राध्यापन, विभिन्न प्रशिक्षण तथा परामर्शमा संलग्न भुसाल यसअघि नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा कार्यरत थिए । युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना (एसटएिलआरपी) मा सञ्चार सहजकर्ताको भूमिकामा रहेका भुसाल भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका उनी पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री विभूषणबाट विभुषित पहिलो पत्रकार समेत हुन् । विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता, सञ्चार कानून अध्यापन गराउँदै आएका छन् । भुसालले महासंघमा रहेर नेपालको आर्थिक क्षेत्रको अध्ययन अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार समन्वय तथा प्रचारप्रसार लगायतको जिम्मेवारीमा रहने बताईएको छ ।