तमोर नदीले एकजना बगायो

हेटौडा न्युज
१६ असार २०८२, सोमबार १६:४२
;

ताप्लेजुङ । तमोर नदीमा बगेर एकजना बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–३ का लाक्पा शेर्पा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालक रहेका उनी नुहाउने क्रममा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएको जनाईएको छ ।

घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*