बागमती प्रदेशका मुख्यमन्त्रीलाई काँग्रेसकै अविश्वास प्रस्ताव

३७ मध्ये २१ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता
हेटौडा न्युज
१० श्रावण २०८२, शुक्रबार १७:०४
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ । संसदीय दलका नेता समेत रहेका नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् । यी मध्ये २१ जनाले संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई बनाउने गरी २१ जनाले अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्यहरुले हस्ताक्षरित पत्रमा संसदीय दलको नेतासमेत इन्द्रबहादुर बानियाँ हुने उल्लेख भएकाले अबको मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ हुने सम्भावना देखिएको छ ।

करीब १ बर्षअघि बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए । तर १ बर्षपछि सो परिणाम उल्टिएको छ । बर्तमान सरकारमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीहरुले केहीबेर अघि राजिनामा समेत बुझाएका थिए । राजिनामा बुझाएका मन्त्रीहरुले केन्द्रीय सभापति शेरबहादुर देउवासँगको भेटपछि राजिनामा बुझाएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेशका बहुमत सदस्यहरुले पार्टीले नेतृत्व गरेको प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*