नारायणी संघमा सिडियो

पार्किङ व्यवस्थापन पहिलो प्राथमिकतामा
हेटौडा न्युज
२५ कार्तिक २०८२, सोमबार ०९:३६
;

मकवानपुर । मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न केही दिन अघि आईपुगेका बसन्त अधिकारीलाई नारायणी संघले स्वागत कार्यक्रम गर्दै अन्तरक्रिया गरेको छ ।

संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश राजधानी हेटौंडा बजारको सवारी व्यवस्थापन चुनौतिका रुपमा रहेकाले यसको दीर्घकालिन समाधान पहिलो प्राथमिकतामा रहेको प्रजिअ अधिकारीको भनाई राखेका थिए । सरोकारवाला सबैसँग सामूहिक छलफल गरी यसको समाधान खोजिने उनको भनाई छ ।

यातायात व्यवसायीहरुको छाता संगठन नारायणी यातायात व्यवसायी संघले जिल्लामा नयाँ आउने सबै जिल्ला प्रमुखसँग छलफल गर्ने गरेको छ । अन्तरक्रिया कार्याक्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुयालसहित संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*