हेटौंडामा सडक खाना महोत्सव पुष १३ बाट हुने

हेटौडा न्युज
९ पुष २०८२, बुधबार १६:४६
;

मकवानपुर । ‘सडकमै जाउँ, सडकमै खाउँ, सडकमै रमाउँ’ मूल नाराका साथ हेटौंडामा १२ औं सडक खाना महोत्सव हुने भएको छ । मकवानपुर होटल एशोसियसनको आयोजनामा आउँदो पुष १३ गतेदेखि १६ गतेसम्म हुने महोत्सवमा साँस्कृतिक पहिचान झल्किने खानाका परिकारसहित आधुनिक परिकारहरु राखिने बताईएको छ । हेटौंडा वडा नम्बर–४ स्थित हुप्र चौरको पूर्वी सडकमा महोत्सव आयोजना गर्न लागिएको हो ।

करीब ६० वटा स्टलहरु रहने महोत्सवमा साँस्कृतिक पहिचान, स्थानीय उत्पादनका परिकार र लोपोन्मूख परिकारका लागि निशुल्क स्टलको व्यवस्था गरिएको एशोसियसनका अध्यक्ष दिलिश गोविन्द जोशीले जानकारी दिएका छन् । बेलुकी ९ बजेसम्म ४ दिनसम्म हुने महोत्सवमा विभिन्न कलाकारहरुको साँस्कृतिक कार्यक्रमसमेत हुनेछ । अनुमानित लागत १५ लाख ७२ हजार गरिएको महोत्सव अवधिभर ८० लाख रुपैयाँको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*