प्रहरी नायब निरीक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर
धनुषास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) का प्रहरी नायब निरीक्षक (सइ) कालिचरण पंजियारविरुद्ध पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिने भन्दै सेवाग्राहीसँग १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाईएको छ ।