शिक्षा मन्त्रीले प्रदान गरेको कम्प्युटर नै अलपत्र

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १९:००
;

बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन्।

शिक्षक नहुँदा प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित भएका छन्। विद्यालयको भण्डारणमा  १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए। तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएको प्रधानाध्यापक सूर्यदेव महतोले जानकारी दिए।

सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्, उनले भने, कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित पाँच लाख रुपैयाँ छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन।

नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ।

नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षकरविद्यार्थीको अनुपात र विषय मिलानका लागि  गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए।

भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन। विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिए। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*