हेटौंडाको सहिद स्मारकभित्र कुनै संरचना निर्माण नगर्न अदालतको आदेश

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सहिद स्मारकमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न उच्च अदालतले आदेश दिएको छ ।
हेटौडा – ११ नवरपुरस्थित रहेको स्मारकमा संरचना निर्माण नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले निषेधाज्ञायुक्त परमादेश दिएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता रहेको स्मारकमा संरचनाले वन क्षेत्रलाई प्रभाव पारेको भन्दै मुद्धा परेपछि अदालतले यस्तो आदेश दिएको हो ।
स्मारकले वन क्षेत्रलाई प्रभाव पार्ने गरी संरचना निर्माणलाई तीब्रता दिएपछि हेटौंडा ११ निवासी राममणी उप्रेतीले नवलपुर सरस्वती सामुदायिक वन उपभोक्ता समूह, सहीद स्मारक विकास समिति र राप्ती सव डिभिजन वन कार्यालय विरुद्ध मुद्दा दर्ता गरेका थिए ।
मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको स्मारकको सहिद स्मारक विकास समितिलाई न्यायाधीस चण्डीराज ढकाल, बालमुकुन्द दवाडीको संयुक्त इजलासले २९ पुसमा कुनैपनि भौतिक संरचना निर्माण नगर्न आदेश दिएको हो ।










