अनलाईन सपिङ कम्पनी दराजलाई ३ लाख जरिवाना

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार ००:००
;

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै अनलाईन सपिङ कम्पनी दराज क्यामुलाई ३ लाख जरिवाना गरिएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज क्यामुलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो। 

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम कसुर गरेको भन्दै विभागले कारबाही गरेको जनाएको छ। 

दराजले गरिरहेको व्यवसायको वैधताबारे विभागले गत मंसिरबाट नै अध्ययन गरिरहेको थियो। 

दराजलाई सोमबार तीन लाख जरिवाना गर्ने निर्णय भएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जनाएको छ । 

बजार अनुगमनका क्रममा दराज कम्पनीले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको, वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने गरेको, त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने गरेको र उपभोग गरिसक्नु पर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने गरेको देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*