झापा हत्या प्रकरणः मादक पदार्थले लियो ज्यान, ढुंगाले हाने, संवेदनशील अंग काटेर जलाए
झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले करण चौधरी र लक्ष्मण यादवको शेख लाई पक्राउ गरेको हो ।
२१ माघको विहान विर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार २० गते मादक पदार्थ सेवन गरेका चौधरी र यादवको शेखसँग विवाद भएको थियो । विवादकै क्रममा क्रममा शेखलाई ढुङ्गाले हानेको र बेहोस भएपछि करण र लक्ष्मणले घिसारेर खेतमा लगेर चक्कुले शेखको संवेदनशील अंग काटेर फाले र परालले छोपेर आगो लगाएको अनुसन्धान मार्फत खुलेको छ । पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मर्छ भनेर संवेदनशील अंग काटेर फालेको बताएका छन् ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ र थप अनुसन्धान गरी कारबाही अगाडि बढाएको बताएको छ ।











