आईजीपी खनालले मंगलबार अवकाश पाउँदै

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मंगलबार देखि अनिवार्य अवकाश पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण खनालले अनिवार्य अवकाश पाउन भएका हुन् ।
खनाल मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् ।
बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।
खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।